काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध जनाएका छन् ।
मधेस विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदले विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनीसमेत दिएका छन् ।
२०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रवाधान राखिए पनि अहिले सरकारले सहमति उलंघन गरेर मधेशसँगको सम्बन्ध तोड्न खोजेको राजापा सांसद महिन्द्र राय यादवले बताए ।
‘भारतसँग विशेष सम्बन्ध छ । रोटी(बेटीको सम्बन्ध छ । ७ वर्षको समय तोकिएको छ । यसमा सरकारले गम्भीरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन सकिन्छ ।
भएन भने सडकदेखि सदनसम्म आन्दोलनमा जाऊन् भन्न खोजेको हो ? नेपाल भारतसँगको सहमति तोड्न चाहान्छ । मधेससँगको सम्बन्ध तोड्न चाहान्छ । मधेशमा आन्दोलनको संकेत देखिएको छ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ’ उनले भने ।
अर्का सांसद प्रदीप यादवले सरकारले मधेशमाथि ठूलो अन्याय गरेको बताए । भारतीय चेलीहरूका कारण कुन चाही दुर्घटना घटेर संसदीय समितिले यस्तो निर्णय गर्यो भन्दै उनले प्रश्न गरे ।
सरकारले मधेशी जनतालाई तार्गेट गरेर मधेसको जमिन नेपालको तर जनता भारतीय भएको भन्ने महसुस गराएको उनले बताए । निर्णय मधेस विरोधी भएको उल्लेख गर्दै उनले निर्णय नसच्चिए सदन र सडकमा विद्रोह हुने चेतावनी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्