काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना एसएसपी डिआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयले सशस्त्रमा रिक्त रहेको डिआईजीका लागि दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्कीलाई बढुवा गर्न सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका आधारमा ६ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ।
साथै, उक्त बढुवा सिफारिसप्रति चित्त नबुझ्ने एसएसपीहरूले नियमावलीको नियम ५५ अनुसार ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था रहेको पनि सूचनामा जनाइएको छ।
त्यसैगरी एसएसपीका लागि ७ जना एसपीहरु बढुवा सिफारिस भएका छन् । एसएसपीका लागि सिफारिस हुनेमा दीपक कुमार थापा, सुधिर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्गत दाहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की रहेका छन् ।




























आफ्नो प्रतिकृया दिनुहोस्