काठमाडौं । सरकारले आज थापाथली र गैरीगाउँको सुकुम्वासी बस्ती भत्काउने भएको छ। बाँकी मनोहरा, सिनामंगललगायत स्थानका सुकुम्वासी बस्ती भोलि भत्काउने भएको छ।
बिहान ७ बजेबाट थापाथलीको सुकुम्वासी बस्ती भत्काउन सुरु गर्ने सरकारको तयारी छ।
आज र भोलि दुई दिन सबै भत्काएर सकाउने योजना छ। पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल–गैरिगाउँ क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा सुकुम्वासी बस्ती भत्काउन पाँचवटा डोजरसहित अन्तिम तयारी गरिएको छ।
काठमाडौं महानगरपालिका नगर प्रहरी बलकाअनुसार, बस्तीका घरटहरामा डोजर चलाइ साइट क्लियर गरिनेछ।
प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रतिवद्वता जनाइसकेका छन्।
सुकुम्बासी बस्ती हटाउने तयारीसँगै नेपाल प्रहरीले बिहानैदेखि कडा सुरक्षा दिने महानगरले जनाएको छ।



























आफ्नो प्रतिकृया दिनुहोस्