काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी परेको छ ।
उनीविरुद्ध ललितपुर महांकालकी २१ वर्षीय युवतीले प्रहरी परिसर जावलाखेलमा किटानी जाहेरी दिएकी हुन् ।
उनी नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएर बसेका छन् । ती युवती बुधबाट साँझ ललितपुर प्रहरीमा पुगेकी थिइन् । उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी सन्तोष तामाङका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् । उनले घटनालाई मिलाउन धम्की दिएको भन्दै ठाडो उजुरी दिएकी छन् । बस्नेतलाई घटनालाई मिलाउन भन्दै आर्थिक प्रलोभन र दबाब दिएको पीडितको भनाइ छ ।
यो पनि:
पीडित युवतीले प्रहरी रिपोर्ट बनाउन ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको दाबी गरेकी छन् ।
पहिले गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि पटकपटक खिउजुले शारीरिक शोषण गरेको उनको भनाई छ ।
आफ्नो प्रतिकृया दिनुहोस्