चितवन । रिकन्डिसनको नाममा ठगी धन्दा बढेपछि चितवनमा धेरै व्यक्ति पीडित बनेका छन् । भरतपुर १० एयरपोर्ट अगाडि रहेको एलबी मोटर रिकण्डिसन हाउसका सञ्चालक खेम हमाल(लाले)ले ठगी धन्दा गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।
सञ्चालक लालेले भरतपुर–५ गितानगरका बिजय अधिकारीलाई २७ लाखमा गाडी बिक्री गरे । अधिकारीले लालेलाई एडभान्स स्वरुप ६ लाख ४० हजार बुझाएका थिए । अधिकारीले जेठ महिनाभरमा बाँकी रकम दिने बताएका थिए । तर, लालेले हप्तादिन नहुँदै प्रहरीलाई पैसा बुझाएर लालेले अधिकारीको गाडी फिर्ता लिइसकेको पीडित अधिकारीले बताउने गरेका छन् । लालेले उल्टै गुण्डागदी शैलीमा हातपात गरेको अधिकारीले बताए ।
त्यस्तै भरतपुर २ का राम अधिकारीको गाडी खरिद गरेका लालेले नियमअनुसार बुझाउनुपर्ने बैंकको किस्ता नबुझाएको र उल्टै आफ्नो फोन समेत नउठाएको पीडित अधिकारीले बताए । यसरी रिकण्डिसनको नाममा लालेको धन्दा फस्टाइरहेका बेला चितवन प्रहरी भने थाहा पाएर पनि बेखबर जस्तै बनेको पीडितहरु बताउँछन् । त्यस्तै केही रिकन्डिसन हाउसहरुमा चोरी गाडी र मोटरसाइकलको पार्टपूर्जा विक्री हुँदै आएको छ ।
रिकन्डिसन हाउसबाट चोरीका मोटरसाइकलहरु डिजाइन परिवर्तन गरी खरिद विक्री हुने गरेको प्रहरी स्रोत बताउँछ ।
चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका घुमुवालाई हातमा लिएर केही रिकन्डिसन हाउसका सञ्चालकहरुले अवैध कारोबार गर्दै आएका छन् । पूर्व माओवादीको एउटा समूह पनि यसमा संलग्न रहेको स्रोत बताउँछ । एसपी राठौरलाई थाहा नै नदिई घुमुवा टोली दिनभर तिनै चोरी गिरोहका नाइकेले सन्चालन गरेको रिकन्डिसन हाउसमा झुम्मिने गरेको देख्दा वरीपरिका स्थानीयहरु अचम्मित बनेका छन् ।
अर्कोतिर चितवनको नारायणगढमा लामो समयदेखि अबैध मिटरब्याज र ढुकुटी धन्दा बढ्दा समेत प्रहरी प्रशासन मौन रहँदै आएको छ । नारायणगढका कतिपय भाडा खाने घरधनीहरुले लगानी गर्ने यस्तो धन्दामा अहिले रिकन्डीसन हाउसका सञ्चालकहरु सक्रिय छन् । शुक्रनगर घर भई भरतपुर २ क्षेत्रपुर बस्ने श्रेष्ठ थरका दम्पति सबैभन्दा अगाडि रहेको पाइएको छ ।
उनीहरु बाह्रमासे मिटरब्याजी र ढुकुटी सञ्चालक हुन् । ति दम्पतीले धनाढ्य घरबेटीहरुसँग लाखको ३ हजारसम्म ब्याजमा रकम लिने अनि बजारकै ब्यबसायीहरुलाई ५ देखि १० हजारसम्म लगाउने गरेका छन् । यो त एक उदाहरण मात्रै हो, यस्ता व्यक्तिहरु चितवनमा धेरै रहेका छन् । त्यसैगरी चितवनमा पछिल्लो समय हुण्डी कारोबार पनि मौलाउँदै गएको छ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।
आफ्नो प्रतिकृया दिनुहोस्