मतदानकै दिन साँझदेखि मतगणना सुरू गरिने
काठमाडौँ । निर्वाचन आयोगले यसपटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना शुरु गर्ने योजना बनाएको छ। मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तीव्र पारेको उनले बताए। प्रवक्ता भट्टराईकाअनुसार...
















































