काठमाडौं । काठमाडौंबाट बाहिरिनेहरुको संख्यालाई मध्यनजर गर्दै यती एयरलाइन्सले सम्पुर्ण उडानहरु नागरीक उड्यान प्राधिकरणद्वारा तोकीएको दरअनुसार रहेको जनाएको छ ।
चीनको वुहानबाट सुरू भइ विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)को त्रासबाट काठमाडौंबाट बाहिरिनेहरुको शंख्यालाई मध्यनजर गर्दै यती एयरलाइन्सले यात्रुहरुलाई तोकीएको भाडा भन्दा बढी भाडा नलिएको जनाएको छ ।
हाम्रा सम्पुर्ण उडानहरु नागरीक उड्यान प्राधिकरणद्वारा तोकीएको दरअनुसार रहेको यती यएरलाइन्सले जनाएको छ ।
शनिबार यति एयरलाइन्सले आफ्नो फेसबुक पेज मार्फत प्राधिकरणले तोेकेको सिमा भन्दा बढी सुल्क नउठाइएको जनाएको छ ।
यदी कुनै पनि ट्राभल एजेन्सी वा अनलाइन टिकट पोर्टलहरुले सोभन्दा मुल्यमा बढी टिकट बेचेको पाइएमा उनिहरु विरुद्ध कानुनी कारवाही गर्ने यतीले जनाएको छ ।
साथै यति एयरलाइन्सले सम्पुर्णमा सुरक्षित रहन समेत आग्रह गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्