दाङ । तुल्सीपुरउपमहानगरपालिका वडा नं। ५ बसपार्कबाट संरक्षित वन्यजन्तु पाटे बाघको छाला सहित तिन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला सल्यान बनगाड किपण्डे नगरपालिका वडा नं। २ बस्ने ३७ वर्षीय यम बहादुर राना, जिल्ला सल्यान त्रिवेणी गाँउपालिका वडा नं। १ बस्ने ३० वर्षीय सुरनित रामजा बुढा मगर र सोही ठाउ बस्ने २६ वर्षीय रमित सुनार रहेको केन्द्रय अनुसन्धान व्युरो महाराजगंजले जनाएको छ ।
विषेश सुचनाका आधारमा गत २७ गते केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले जिल्ला दाङ, तुल्सीपुर उपमहानगरपालिका वडा नं। ५ बसपार्कबाट १ थान पाटे बाघको छाला सहित पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको व्युरोले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्