काठमाडौं । माइ इन्भेष्टमेन्ट नामक कम्पनीको नाममा करोडौं ठगी गरेको अभियोगमा जेल चलान भएका अनिल गजमेरले डिल्लीबजारस्थित चारखाल कारागारलाई अखडा बनाएका छन् ।
पछिल्लो समय कारागार व्यवस्था बिभागले कैदी बन्दीलाई एक घरको परिवारबाहेक अन्य व्यक्तिसँगको भेटघाट बन्द गरेको छ । तर गजमेरको हकमा भने उक्त नियम लागू भएको छैन ।
गजमेरलाई दिनहुँ जसो अदालत सेटिब गर्दिछु भन्दै दलाल र माफियाहरूको जमघट कारागारमा हुने गरेको रहस्य खुलको हो । जेलर र सुरक्षामा खटिएका प्रहरीको सेटिबमा गजमेरको भेटघाट सहज बनाईएको छ ।
यस्तो भेटघाटको लागि गजमेरले जेलर र प्रहरीलाई मोटो रकम खर्चेको कारागार स्रोत बताउँछ । कारागारले दिने भन्दा बढी सुबिधा लिँदै आएकोबिरुद्धमा कोही कैदी बन्दीले आवाज उठाएमा तत्काल उसलाई कारवाही स्वरुप अन्य जेल र सरुवा वा सोही जेलको सामान्य सुबिधा समेत बन्द गर्ने सक्ने क्षमता गजमेरले राख्दै आएका छन् ।
जिल्ला अदालत काठमाडौंमा विचाराधिन अबस्थामा रहेको मुद्दाबाट सफाई पाउन अहिले गजमेरले केही दलाललाई लगाएका छन् । गजमेरविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँ भन्दा बढी ठगीको मुद्दा बिचाराधिन अबस्थामा छ ।
२०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका थिए । कास्कीका भुषालजंग कुँवरको मात्र गजमेरले ७० लाख २३ हजार रुपैयाँ ठगी गरेको अभियोग छ ।
त्यस्तै सिन्धुलीका लोकहरी पौडेलको ४५ लाख ५१ हजार रुपैयाँ, वीरबहादुर गुरुबको ३९ लाख रुपैयाँ बराबरको बिगो सहित मुद्दा दर्ता गरेका छन् ।
झण्डै साढे ४ करोड ठगीको आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष समेत रहेका गजमेर अहिले मुद्दा पुर्पक्षको लागि डिल्लीबजार कारागार छन् ।
बालुवाटारस्थित कालिका टावरमा माइ इन्भेष्टमेन्ट कम्पनी खोलेका उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो ।
गजमेरको कम्पनीले रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता भएपछि
लेखा परिक्षण प्रतिवदेन लगायतका कुनै पनि विवरण रजिष्ट्रारको कार्यालयमा जानकारी गराएका थिएनन् ।
माई इन्भेस्टमेन्ट लिमिटेडको ०६७ सालदेखि कम्पनी ऐन र प्रचलित कानुन बमोजित गर्न‘ पर्ने साधारणसभा समेत भएको थिएन ।
कम्पनीमार्फत उनले ४ सय जना व्यक्तिहरूलाई ठगी गरेको प्रहरीको प्रारम्भिकअनुसन्धानले देखाएको थियो ।
राष्ट्र बैंकको इजाजत समेत नलिइ विभिन्न व्यक्तिसँग निक्षेपर कर्जा लिने काम गरेको समेत अनुसन्धानबाट खुलासा भएको थियो । जनप्रहार साप्ताहिकबाट
आफ्नो प्रतिकृया दिनुहोस्