धादिङ । खनियाँवास गाउँपालिका वडा नम्बर ४ दार्खामा गतराति भएको खुकुरी आक्रमणको मुख्य अभियुक्त असोक तामाङ पक्राउ परेका छन् ।
स्थानीय गुण्डा नाइके भनेर चिनिने अशोक तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ । गतराती करिब ११ बजे दार्खाकी स्थानीय तानमाया तामाङको घरमा छिरेर दुई जनामाथि खुकुरी प्रहार भएको थियो ।
स्थानीयहरुले अशोकको निर्देशनमा खुकुरी प्रहार भएको सुचना दिएपछि अशोकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सम्बन्धित समाचार:-
खुकुरी प्रहारमा प्रत्यक्ष संलग्न रहेका नेत्रावती डबजोङका राम तामाङ र रोशन तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
घटनाको अनुसन्धानको लागि भन्दै प्रहरीले केही स्थानीय साथै पीडित र पीडक दुबै पक्षका केही मानिसहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
गएराति भएको खुकुरी प्रहारबाट सान्त तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भिर अवस्थामा काठमाडौँस्थित ग्रीन सिटी अस्पतालमा उपचार गराइरहेका छन् ।
घटनाका मुख्य योजनाकार भनिएका अशोक तामाङ धादिङ क्षेत्रमा गुण्डागर्दी गर्दै आइरहेका पेसेवर गुण्डा नाइके हुन् । उनि विभिन्न आपराधिक घटनामा समेत संलग्न रहि पक्राउ पर्दै आएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्