काठमाण्डौँ । पत्रकार याम प्रधानको बिहीबार विहान आफ्नै निवासमा निधन भएको छ । प्रधानको दुवै मृगौला फेल भएको थियो । बिहीबार बिहान ३ बजे ५६ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष हुँदै केन्द्रको पूर्वउपाध्यक्ष समेत भइसेका प्रधान इटहरी कार्यक्षेत्र बनाएर ४ दशकदेखि सकृय पत्रकारिता गदैं आएका थिए । उनलाई सरकारले प्रेस स्वतन्त्रता सेनानीको रुपमा सम्मान समेत गरिसकेको थियो । उनले राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्