काठमाण्डौँ ।नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने ६ जनाको गिरोह पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको थियो । अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गरेको हो ।
विस्तृत अनुसन्धान गर्ने क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको महानगरिय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्