बैतडी। बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाइ बस्दै आएका अन्दाजी ४५ बर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।
स्थानीय र प्रहरी मिलेर शव बाहिर निकालिएको छ । मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएको थियो।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्