काठमाडौं । बलात्कार केसमा पक्राउ परेका एक अभियुक्त महानगरीय प्रहरी बृत महाराजगन्जको नियन्त्रणबाट फरार भएका छन् । बालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका पदम श्रेष्ठ मेडिकल चेक जाँच गर्न लैजाँले क्रममा गएराती वीर अस्पतालबाट फरार भएका थिए ।
अनुसन्धानमा रहेका पदम श्रेष्ठ बुधबार राती साँढे १० बजे फरार भएपछि प्रहरीको क्रियाकलापमा नै शंका उत्पन्न भएको छ। प्रहरीको टोलीलाई १६ बर्षीय युवकले छक्काएर अस्पताल परिषरबाटनै फरार भएका थिए।
के थियो घटना ?
आजभन्दा एक हप्ता अगाडी दरबारमार्गमा रहेको एक क्लबमा उमेर (१६ बर्ष भन्दा ) कम भएका कारण एक बालिकाले क्लबमा प्रवेश गर्न पाउँदिनन्। त्यसपछि उनि घुम्न भन्दै ठमेल क्षेत्र पुगेकी थिइन् । ठमेलमा उनलाई पिछा गर्दै गएका पदम श्रेष्ठले फकाएर नयाँ बसपार्कको एक होटलमा राखेका पदमले सहमतिमै शारीरिक सम्पर्क समेत राखेका थिए (कानुनत उमेर नपुगेकाले बलात्कार हुने )। होटलमै पदम र पदमको साथीबीच झगडा भएपछि पदमको साथीले बालिकालाई लगेर माछापोखरीको अर्को होटलमा राखेका थिए ।
४-५ दिनसम्म बालिका परिवारको सम्पर्कमा नआएपछि परिवारले आफ्नो छोरी उत्तरढोकाबाट हराएको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी गरेको प्रहरीले बताएको छ । सूचनाका आधारमा बालिकाले सम्पर्क गर्न सक्ने एक युवकको नम्बर प्राप्त गरिसकेपछी त्यो युवकलाई दरबारमार्ग प्रहरीले पटक पटक बोलाउँछ। तर युवक प्रहरीको सम्पर्कमा आउँदैनन्। अनुसन्धानमा संग्लग्न एक प्रहरीका अनुसार बालिकाले आफु माछापोखरीमा छु भन्दै दाईलाई फोन गरेकी थिइन्।
सोहि आधारमा खोजी कार्य गरेको दरबारमार्ग प्रहरीले होटलको बिचौलिया काम गर्ने एक व्यक्ति मार्फत बालिका र एक युवकलाई हिडिरहेको अवस्थामा नयाँबसपार्कमा फेलापारी पक्राउ गरेको थियो। मंगलबार घटनाका मुख्य आरोपी पदम श्रेष्ठ र एक युवक सहित ठमेलबाट पक्राउ परेका थिए । घटनास्थल महानगरीय प्रहरी वृत्त महाराजगंजको एरिया पर्ने भएकाले वृत्त दरबारमार्गले पत्र सहित पक्राउ परेका सबै व्यक्तिहरुलाई महाराजगंज पठाएको थियो। बेलुका १० बजे मेडिकल चेकजाँच गर्न लैजाने क्रममा पदम श्रेष्ठ फरार भएका थिए। प्रहरीले अहिले उनलाई तार्केश्वर नगरपालिका –१० स्थित हिलेटोलबाट पक्राउ गरेको छ ।
बृतका डिएसपी फणिन्द्र प्रसाइको कमजोर कमाण्डका कारण महाराजगन्ज वृत्तमा पटक पटक यस्ता घटना भईरहेका छन् । यसअघि हत्या घटना मिलाउन सेटिङ मिलाएको अभियोगमा वृत्त महाराजगंजमा कार्यरत एक इन्सपेक्टर निलम्बनमा परेका थिए ।
सेटिङमा मुछिएका डिएसपी प्रसाईंले भने शक्तिको आडमा उन्मुक्ति पाएका थिए । केहि सर्बसाधारणले अनुसन्धानमा ल्याइएको व्यक्ति फरार भएपछि डिएसपी प्रसाइँको सेटिङमा भगाइएको हुनसक्ने आशंका समेत गरेका थिए । उक्त क्षेत्रमा लूटपाट र चोरीका घटना दैनिक जसो बढिरहे पनि नेकपा निकट केहि नेताको दबाबका कारण महाराजगंज वृत्तको प्रमुख भएका प्रसाईंलाई तालुक कार्यालयले समेत कारवाही गर्न सकेको छैन।
आफ्नो प्रतिकृया दिनुहोस्