फिदिम । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा २ परिवारका नौ जनाको हत्या भएको छ। हत्यामा मुकुन्डोधारी समूह संलग्नता रहेको प्रत्यक्षदर्शी बालिकाले बताएकी छिन् ।प्रत्यक्षदर्शी १२ वर्षीया बालिका सीता खुजुमका अनुसार मुकुण्डो लगाएका हतियारधारी समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो।
अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो ।हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।२ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ ।
सो घटनामा सीता खुजुम पनि घाइते भएको छिन। आक्रमणबाट उनको हात भाँचिएको छ । उनी भागेर ज्यान जोगाउन सफल भएकी छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम ल्याइएको छ ।
तालिमको खाजामा सिसाको टुक्रा
केहि दिन अगाडि घरेलु उधोगले संचालन गरेको सिपमुलक तालीममा भाग लिएका सोहि परिवारका सदस्यको खाजामा सिसाको टुक्रा भेटिएको थियो। सो तालिम मृतक परिवारको छोरीको घरमा संचालन भएको थियो। उनीहरुले खाएको थुक्पामा सिसाको टुक्रा भेटिएपछि उनीहरुलाई उपचारको लागि सदरमुकाम फिदिम लगिएको थियो। घटनास्थल नजिकै एक व्यक्तिले आत्महत्या गरेका छन्। मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार आत्महत्या गर्नेमा लिक्लाङ्ग ३ का मन बहादुर माखिम रहेका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्