हेटाैंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आइतबार सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । चार जनाको दुर्घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । गाडीमा ९ जना सवार रहेकामा ६ जनाको मृत्यु भएको स्थानीयवासी सुरेन्द्र थिकेले बताए । मृतकहरूको शव हेटौंडा ल्याइपुर्याइएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ हिँडेको गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


























आफ्नो प्रतिकृया दिनुहोस्