एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा इस्लामिक चरमपन्थीहरूले मालीको सीमानजिकैको गाउँ आक्रमण गरी ७९ जनालाई मारेका छन् । आक्रमणमा चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले लेखेको छ ।
उक्त क्षेत्रमा सन् २०१७ यता संकटकाल लगाइएको छ । केही महिनायता छिमेकी मुलुक मालीबाट छिरेका संदिग्ध जेहादीहरूले धेरै पटक आक्रमण गरिसकेका छन् ।
पश्चिमी अफ्रिकी मुलुक नाइजरमा अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थीले आक्रमण गर्दै आएका छन् । गत वर्ष भएको आक्रमणमा सयौँ मानिस मारिएका थिए ।
अर्को छिमेकी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन बोको हरामले गत महिना दक्षिण पूर्वको दीफा क्षेत्रमा २७ जनाको हत्या गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्