काठमाडौं । कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
मुस्ताङमा कार्यरत २५ वर्षीय सशस्त्र प्रहरी जवानको गएराती ११ः३० बजे पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक जवानको घर बागलुङको ढोरपाटन नगरपालिका–७ रहेको अस्पतालले जनाएको छ । मृतक जवानमा गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्