एजेन्सी । उत्तरपूर्वी दिल्ली चार दिनदेखि दंगाग्रस्त छ । नागरिकता कानुनविरुद्ध जारी प्रदर्शनमाथि सरकार समर्थक समूहबाट बुधबार चौथो दिन पनि सांघातिक हमला भयो। दुई पक्षको झडपमा अहिलेसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ भने सयौं घाइते छन्।
हिंसा भड्किएको तेस्रो दिनदेखि बल्ल दिल्ली प्रहरीले केही ठाउँमा कर्फ्यू लगाउनुका साथै प्रभावित क्षेत्रमा ुगोली चलाउनेु आदेश दिएको छ। जबकि, सुरूका दुई दिन दंगा क्षेत्रमा दिल्ली प्रहरीको उपस्थिति पातलो र उनीहरूको कारबाही झन्डै झन्डै निस्क्रिय थियो। कतिसम्म भने, एक जना व्यक्ति हातमा रिभल्भर बोकेर प्रहरीकै अगाडि गोली चलाउँदै हिँडेका थिए।
भारतका अन्य राज्यको आ(आफ्नै प्रहरी हुन्छ। प्रहरी परिचालनको जिम्मा राज्यकै गृह मन्त्रालयले सम्हाल्छ। दिल्ली प्रहरीको कमान भने राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालको हातमा छैन। यो सिधै संघीय गृह मन्त्रालय अर्थात् गृहमन्त्री अमीत शाह मातहत छ, जो नागरिकता कानुनका सबभन्दा प्रखर प्रवक्ता हुन्।
सुरूका दुई दिन हिंसाको आगो सल्किँदा पनि गृहमन्त्री मातहतको दिल्ली प्रहरी जसरी निस्क्रिय बस्यो, त्यसले नै २० जनाको ज्यान जाने र ठूलो धनमाल नष्ट हुने गरी हिंसा भड्काउन भूमिका खेलेको भारतीय अनलाइनहरूले लेखेका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्