
काठमाडौँ। बिनोद चौधरीको लगानी रहेको निर्माण कम्पनी ‘हिमालय हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन कम्पनी लिमिटेड’ ले आफ्ना श्रमिकहरुलाई तलब भत्ता तथा सेवा सुविधा नदिएको भन्दै हाइड्रोमा कार्यरत श्रमिकले श्रम कार्यालय टेकुमा मुद्दा दायर गरेपछि यो घटना बाहिर आएको हो।करिब ३०० जना कामदारको लगभग साढे ३ करोड नदिएपछि कम्पनीबिरुद्द उजुरी परेको हो।
उनीहरुले दिएको उजुरीमा हाइड्रोले श्रमिकहरुको करार अवधि हुँदाहुँदै धम्कि दिएर राजिनामा दिन लगाएको फागुनदेखिको तलब नै नदिई निष्काशन गरेको आरोप छ।
श्रम कार्यालयका अनुसार २०७६ साल भदौ ९ गते निबेदन दिएपछि भदौ २३ गते नै हिमाल हाइड्रोलाई उपस्थित हुनलाई श्रम कार्यालयले चिठी काटेको तर उपस्तिथ नभएपछि पुन असोज २ गते दोस्रो पत्र काटेको थियो।
गत असोज ५ गते श्रम कार्यालयकोमा कामदार र हिमाल हाइड्रोकोबीचमा २०७५ कात्तिक ५ देखि २०७६ माघ भित्र सम्पूर्ण कामदारको तलब सुविधा संचय कोषमा जम्मा गर्नुपर्ने रकम समेत दिने गरि भएको सहमति भएपनि हालसम्म सो सहमति कार्यन्वयन नभएको पिडित कामदारले बताएका छन्। सो सहमतिपत्रमा हिमाल हाइड्रोको तर्फबाट सीईओ पुजा दाहाल, वित्तीय बिभाग प्रमुख अर्जुन शर्मा र प्रशासन प्रमुख नारायण श्रेष्ठ र कामदारको तर्फबाट भिम लाल काफ्ले, शिव बहादुर भण्डारी लगायतले ह्स्ताक्षर गरेका थिए ।
२०७६ फागुनसम्म पनि आफुहरुले तलब सुविधा नपाएको भन्दै हिमाल हाइड्रोको कार्यालय पुग्दा वित्तीय बिभाग प्रमुख अर्जुन शर्माले धम्कीपूर्ण भाषा प्रयोग गरी र तलब सुविधा नदिने चेतावनी दिएको पिडितहरुले बताएका छन्।
१९७८ मा स्थापना भएको हिमाल हाइड्रोमा चौधरी ग्रुपको ७८ प्रतिशत लगानी छ भने २२ प्रतिशत अरु दुई कम्पनीको लगानी छ। चौधरी ग्रुपको प्रबन्ध निर्देशक निर्वाण चौधरी हिमाल हाइड्रोका अध्यक्ष हुन् । चौधरीले नेपाल सेयर मार्केटका कार्यकारी अध्यक्ष समेत रहेका योगेन्द्र मान श्रेष्ठको नेपाल जलबिधुत प्रवर्दन तथा विकास लिमिटेडको नाममा रहेको सेयर किनेर कम्पनी खरिद गरेका थिए ।
हिमाल हाइड्रोले अहिलेसम्म खिम्ती जलबिद्युत, झिमरुक, सानिमा माईखोला, मनकामना केवल कार, सुनकोशी ट्रान्समिसन लाइन, भैरवकुण्ड लगायतका परियोजना निर्माण गरिसकेको छ भने सुपरमादी र मिडल मोदी निर्माण गरिरहेको छ। प्रमोटरसँगको विवादका कारण हेवाखोला केहि प्रतिशत काम बाँकी रहँदै निर्माण रोकिएको थियो भने तल्लो सान्जेनबाट समेत हिमाल हाइड्रोले हात झिकेको छ।
चौधरी ग्रुपको ७८ प्रतिशत हिस्सा रहेको हिमाल हाइड्रोमा देखिएको यो समस्या २०७३ साल फागुनमा पनि सिजी टेलिकममा पनि देखिएको थियो। त्यो बेला पनि चौधरी ग्रुपले २०७३ साल फागुन देखि २०७५ साल मङ्सिरसम्म सिजी टेलिकममा कार्यरत ११० जना कर्मचारीलाई तलब सुविधा केहि पनि नदिई निष्काशन गरेको थियो। चौधरी ग्रुपको लगानी रहेको हिमाल हाइड्रोले अहिले पनि सुरुङ भित्र काम गर्नुपर्ने जस्तो कठिन परिश्रम गर्ने श्रमिकलाई तलब सुविधा नदिएको पिडितहरु सोमप्रसाद, समुन्द्र कार्की, दिपेन्द्र यादब, दिपु महतो, कमल पौडेल लगायतले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्