सुनसरी । आइतबार बिहान सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र हाइस जुध्दा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ ।
तीव्र गतिमा रहेका दुवै सवारी एक आपसमा ठोक्किदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो ।
दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा हाइसका चालक धादिङको बैरेनी ३ का दीपक खड्का, झापा भद्रपुर ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका पति हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेलको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको गोल्डेन अस्पतालमा, ४ जनाको एपेक्स अस्पतालमा र २ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्