काठमाडौँ। मनोरंजनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल क्लब उडल्याण्ड चौथो बर्षमा प्रवेश गरेको छ। बिगत ३ बर्षदेखी दरबारमार्गको उडल्याण्ड कम्प्लेक्समा संचालन हुँदै आएको क्लब उडल्याण्ड रात्रीकालिन व्यवसायमा सफल र लोकप्रिय क्लबको रुपमा युवामाझ चर्चित रहदैं आएको छ।
क्लब उडल्याण्डले मंगलबार साँझ एक कार्यक्रम गर्दै आफ्नो तेश्रो वार्षिकउत्सव मनाएको छ। सो कार्यक्रममा रात्रीकालिन व्यवसाय तथा मनोरंजन क्षेत्रमा कार्यरत व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका अतिथि समेत रहनु भएका हास्यकलाकार सुरबीर पण्डित(दारी बा) क्लब उडल्याण्ड १०० वर्ष चल्नु पर्छ भन्दै शुभकामना दिनुभएको थियो।
क्लब उडल्याण्डका संचालक श्रवण कुमार कुँवरले क्लब संचालनको समयमा सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रधान गर्नुभएको थियो। कार्यक्रमका सभापति तथा क्लब उडल्याण्डका निर्देशक प्रेम श्रेष्ठले क्लब उडल्याण्ड राज्यको नीतिनियम पालना गर्दै आएको बताउनुभयो। श्रेष्ठले राजधानीकै नयाँ बसपार्कमा आफ्नो दोश्रो शाखा संचालनमा आएको जानकारी दिँदै अब छिट्टै मोफसलमा तेश्रो शाखा संचालनमा आउने बताउनुभयो।
आफ्नो प्रतिकृया दिनुहोस्