काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा प्रहरी नायव महानिरीक्षक(डिआईजी) को दरबन्दी कायम गरेपछि प्रमुख रहेका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सन्दिप भण्डारी छट्पटाएका छन् ।
गत माघमा एसपीबाट एसएसपी बढुवा भएपछि भण्डारीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रमुखको रुपमा एयरपोर्टमा खटाएको थियो । १ नम्बर प्रदेशका नेकपाका नेताहरुको चाकडी गरी एसएसपी बढुवामा १ नम्बरमा परेका भण्डारी कार्यक्षमता र कमाण्डमा कमजोर मानिएपनि एयरपोर्ट जस्तो संवेदनशिल ठाउँमा पठाइएको थियो ।
एयरपोर्टमा ५ महिना प्रमुख बनेर काम गरेका भण्डारीले कुनै सिन्को भने भाँच्न सकेनन् । यतिसम्मकी विशेष ब्यूरोले एयरपोर्टमा नक्कली भारुसहित युनुस अन्सारीको गिरोहलाई पक्राउ गर्दा आफैले काम गरेको भन्दै मिडियामा सूचना दिन पछि परेका थिएनन् ।
हालै मात्र डिआईजी सुर्यप्रसाद उपाध्याय एयरपोर्टको सुरक्षा प्रमुख बनेका छन् । सुरक्षा प्रमुख रहेको बेला ठूलो परिणाममा अवैध बिदेशी मुद्रासहित पक्राउ परेका व्यापारी सुबाश श्रेष्ठलाई सेटिङ गरी भण्डारीले छुटाउन खोजेका थिए । पहिला छाडेर आफै फस्ने भएपछि पुनः भण्डारीले नै श्रेष्ठलाई रातारात पक्राउ गरेका थिए । जुन घटनाले भण्डारीको बद्नाम भएको थियो ।
अहिले आफुमाथि डिआईजी आएपछि भण्डारी एयरपोर्टबाट सरुवा हुन खोजिरहेको स्रोत बताउँछ । भण्डारी ललितपुर परिससरको प्रमुख बनेर जान खोजिरहेको उनी निकट स्रोत बताउँछ । भण्डारीले आफुभन्दा माथि डिआईजी उपाध्यायलाई खटाएपछि त्यसको पनि विरोध गरिरहेका छन् ।
महानगरीय कार्यालयका प्रमुख डिआईजी सैलेश भन्दा सिनियरलाई एयरपोर्टको सुरक्षा प्रमुख बनाइएको भन्दै भण्डारीले विरोध गरिरहेका छन् । विमानस्थल सुरक्षा कार्यालयले हरेक घटनाको विवरण महानगरीय कार्यालयलाई बुझाउनु पर्ने हुन्छ ।आजको युनाइटेड पोस्ट बाट।
आफ्नो प्रतिकृया दिनुहोस्