काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप व्यापक
मौलाएको कारण व्यावसायीक अधिकृत मारमा परेका छन् ।
सरकारका मन्त्री, नेता र कर्मचारीले दुई तिहाईको दम्भ देखाउँदै
प्रहरीमा मनपरी हस्तक्षेप गर्न थालेपछि व्यावसायीक प्रहरी अधिकृतहरु
मारमा परेका हुन् ।
नेपाल प्रहरीमा आईजीपी सर्वेन्द्र खनालको बढुवासँगै दुई तिहाई
सरकारले आफ्नो अनुकुल प्रहरीको सरुवा बढुवा गर्न थालेको हो । नियम
कानुन नै संशोधन गर्दै सरकारले आफू निकटलाई सरुवा र बढुवा गर्न
थालेका उदाहरण धेरै छन् ।
गत साता भएको प्रहरी नायब निरक्षक बाट निरक्षक बढुवा पनि राजनीतिक दलका
चाकडी गर्ने र आर्थिक चलखेल भएको पुष्टि हुन्छ । गत साता भएको बढुवामा
कारवाही भोगेका, निलम्बन भएका, नसिहत पाएका, हतियार बेचबिखनको
आरोपमा कारवाही भोगेकाले बाजी मारेका छन् ।
२०६० मा बढुवा भएका र मास्टर डिग्री लिएर जागिर अबधि देखि एक पटक
पनि स्पष्टिकरण नसोधिएका अधिकृतलाई नियतबस रुपमा छुटाईएको छ ।
नेपाल प्रहरीका आशा लाग्दा र संगठनले बिश्वास गरेका आईजीपी सवेर्
न्द्र खनालले यस्ता कुरामा ध्यान नदिँदा र आफू निकटको बिश्वास गर्दा
उनी संगठनभित्र आलोचित बन्दै गएका छन् ।
दुई महिना अगाडि भएको नेपाल प्रहरीको नायब निरक्षक बढुवा होस् वा गत
साता भएका बढुवा तथा गत महिना भएको एसपी बढुवाको लिस्ट हेर्दा
राजनीतिक दल हावी भएको पुष्टि हुन्छ । चेन अफ कमाण्डमा चल्ने
संगठनमा दुई बर्ष जुनियर रहेका ५८ को लाई बढुवा दिएर दुई दुई
बर्ष सिनियर रहेका ५६ का ७ जना डिएसपीलाई छुटाईएको थियो ।
फौजी संगठनमा यस्ता किसीमको बढुवाले दैनिक कार्य सम्पादन र चेन
अफ कमाण्डमा ठूलो असर पु¥याउने छ । गत साता बढुवा भएका ५४ जना
प्रहरी निरक्षकमा ३४ जना बिभिन्न समयमा कारवाही भएका, निलम्बनमा
परेका र जागिर छोडेर जोडेकाले बाजी मारेका छन् ।
संगठनमा कर्तव्यनिष्ठ भई काम गर्ने प्रहरी अधिकृतलाई पाखा
लगाउँदै नेताको दलाली गर्ने, हाकिमको चाकडी गर्ने र आर्थिक चलखेल
गर्नेको बढुवामा हालिमुहाली भएपछि आशा र भरोसाका रुपमा देखिएका
संगठन प्रमुखको तिव्र आलोचन बढेको छ ।
भाषणमा नेताको ढोकामा पुग्नेलाई कारवाहीको डण्डा बर्साउछु भन्ने
आईजिपिले नै नेता, दलाल र माफियाको सिफारिसलाई शिरोपर गरी
प्रहरीको बढुवा र सरुवा गर्न थालेपछि आईजी खनाल माथि संगठनका
व्यावसायीक प्रहरी अधिकृतले आशा गर्न छाडेका छन् ।
आजको जनप्रहार साप्ताहिक बाट।
आफ्नो प्रतिकृया दिनुहोस्