काठमाडौं । चिनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) लाई मध्यनजर गर्दै नेपाल सरकारले लकडाउनको समय पुनः थप गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद वैठकले कोरोना भाइरसलाई फैलिन नदिनका लागि थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि १० चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । खतरा बढेपछि सरकारले पुनः समय बढाएर चैत २५ सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
सरकारले लम्बाएको लकडाउनको भोली समाप्त हुँदै लाग्दा सरकारले लकडाउनको समय लम्बाएर वैशाख ३ गतेसम्म पुर्याएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्