काठमाडौं । चिनको बुहानबाट सुरु भई विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार भारतमा कोरोनाबाट तीन जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।
बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् ।
बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।
भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्