काठमाडौं । सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि विदा दिने भएको छ।
चिनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको स्रोतले जनाएको छ ।
त्यसो हुँदा कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीमात्र कार्यालय गए पुग्छ ।
‘सिंहदरबारमा पनि उच्च तहका कर्मचारी आउनुहुन्छ। अरू घरमै स्टान्डबाई बस्नुहुन्छ,’ स्रोतले भन्यो । समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्