काठमाडौं । सोमबार देखि भारततर्फका सबै सीमा नाका बन्द गरिँदैछ । बिहान १० बजेबाट दुवैतर्फबाट सीमा नाका एक साताका लागि बन्द गर्न लागिएको हो ।
कोरोना भाइरसको सम्भावित प्रकोपलाई मध्यनजर गर्दै सरकारले दक्षिणी छिमेकी भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । चीनमा कोरोना संक्रमणपछि नेपाल र चीनबीचको नाका भने यसअघिनै बन्द गरिएको थियो।
कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलिँदै गएको छ । खुला सीमा कारण दुबै देशबाट आवातजावत हुँदा संक्रमण फैलिने सम्भावना बढेकाले यस्तो निर्णय लिइएको बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बताए ।
यसैगरी आजै बिहानदेखि लामो दूरीका सार्वजनिक सवारी साधन पनि बन्द गरिएको छ । हिजोदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्दा गरिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्