कञ्चनपुर । चिनको वुहानबाट सुरु भई विश्वभर फैलिरहेको नोबेल केरोना भाइरस (कोभिड १९) को संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय भएको बताए ।
‘कोरोना भाइरस भित्रन नदिन उच्च सतर्कता अपनाएका हौं। कर्फ्यू भन्ने शब्द उल्लेख नगरे पनि व्यवहारमा भने कर्फ्यू हो,’ उनले बताए ।
प्रजिअ खतिवडाका अनुसार कर्फ्यु कहिलेसम्म भन्ने निश्चित समय तोकिएको छैन। ‘कहिलेसम्म भन्ने छैन,अनिश्चित हो। जिल्लाभर नै हुन्छ,’ उनले बताए ।
सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो। बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो।
आफ्नो प्रतिकृया दिनुहोस्