काठमाडौं । नेपाल सरकारद्वार प्रतिबन्धित नेत्र बिक्रम चन्द्र बिप्लब नेतृत्वको नेकपाका रौतहट ईन्चार्जसहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्ला ईन्चार्ज कुमार राई भनिने मानबहादुर राई र युबा संघका जिल्ला अध्यक्ष जगत भनिने कमल गुरुङ्गलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
उनीहरुको साथ बाट एक थान नलकटुवा पेस्तोल सोमा लाग्ने दुई राउण्ड गोली, एक थान हैण्ड ग्रिनेड र सात थान मोबाईल सेट, दस्ताबेज बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरीको गस्ति टोलिले उनीहरु लाई रौतहटको उत्तरी क्षेत्रको मकबानपुर जिल्लासँग सिमा जोडिएको चन्द्रपुर नगरपालिका ३ अल्लाजोर महादेब डाडा बाट गएराती पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए ।
पक्राउ परेकाहरुको बिषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । यस अघि सोही क्षेत्र बाट रौतहट जिल्ला सेक्रेटरी दिर्शना शाही र जिल्ला सदस्य दुर्गा बल लाई समेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरिसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्