पर्सा । विरगंज उपमहानगरपालिका १० घडिअर्वाबाट अवैध हुण्डी कारोवार गर्ने भारत विहार मोतिहारी जिल्ला रक्सौल बस्ने २४ वर्षीय बब्लु राजलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा केही मानिसहरुले अवैध हुण्डी कारोवार गरी राखेको छ भन्ने प्राप्त सुचनाको आधारमा गत ५ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले विआर ०५ यू ३९७८ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा आएका भारत राजको साथबाट श्रोत नखुलेको अवैध रकम ४ लाख ४४ हजार ८ सय ३५ रुपैया सहित पक्राउ गरेको हो ।
पक्राउ परेका बब्लु राजलाइ वैंक तथा वितिय सम्बन्धी ऐन अन्तर्गतको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनामएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्