काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका-१ घर भएका २४ वर्षीय संजय घर्तीमगर, सिन्धुली सुनकोशी गाउँपालिका-९ घर भएका १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका-२ घर भएका १९ वर्षीय कपिल खड्का रहेका छन् ।
उनीहरुले सोही ठाउँस्थित सडक किनारामा पार्किंङ गरी राखेको ना।३ ख ६९४ नम्बरको ट्रकमा लगी ती किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्