अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ ।
नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन् ।
बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्