काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्दनेतृत्वको नपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १३ कार्यर्ताहरु पक्राउ परेका छन् ।
उक्त समूहले बुधबार धनुषाबाट करिना मोक्तानलाई अपहरण गरेपछि प्रहरीले विशेष सूचनाको आधारमा करिनालाइ उद्दार गर्दै उनीहरूलाइ पक्राउ गरेको हो।
आफ्नो समूहमा आबद्ध गराउन हतियार देखाएर करिनालाइ अपहरण गरिएको थियो । युवतीको अपहरण गर्ने उक्त समूहका १३ कार्यर्ताहरुलाइ प्रहरीले हतियारसहित पक्राउ गरेको हो।
तीन वटा पेस्तोल र एक दर्जन बमसहित प्रहरीले उनीहरुलाई उयदपुरबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।
२ नम्बर प्रदेश र १ नम्बर प्रदेशबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट तीन वटा पेस्तोल, नौ वटा सकेट बम तथा ६ वटा प्रेसर कुकर बम बरामद भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्