एजेन्सी । चर्चित हलिउड अभिनेता टम ह्यांक्स र रीटा विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ।
अस्ट्रेलियामा रहेका उनीहरूमा कोरोना भाइरसको परीक्षण (पोजेटिभ) पाइएको हो। इन्स्टाग्रामबाट अभिनेता ह्यांक्सले यसको जानकारी दिएका हुन्।
ह्याक्सले आफू र आफ्नी पत्नीलाई चिसो लाग्दा हुने थकान र शारिरिक पीडा भएपछि संसारमा देखिएको कोरोना भाइरसलाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस परीक्षण (पोजेटिभ) भेटिएको उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।
आफू र पत्नीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएका अभिनेता ह्यांक्सले चिकित्सकहरूले निर्धारण गरेको नियममा बस्ने बताएका छन्। ह्यांक्स र उनकी पत्नी दुबैको उमेर ६३ वर्षका हुन्।
दुई पटक ओस्कार अवार्ड हात पारेका ह्यांक्स पत्नीसँग गत जनवरी २६ मा अस्ट्रेलियाको गोल्ड क्वेस्ट गएका थिए।
अस्ट्रेलियाबाट प्रकाशित हुने डेली टेलिग्राफले ह्यांक्स दम्पती अस्ट्रेलियामा पहिलो पटक कोरोना भाइरस भएको पुष्टि भएका एक चिनियाँ बसेको पेपर्स ब्रोडविचमा नै बसेको आशंका गरिएको जनाएको छ।
तर होटल एक्कोर ग्रुपले भने ती संक्रमित चिनियाँ सो भवनमा नभई ओराकल भवनमा बसेको दाबी गरेको छ।
४४ वर्षीय ती चिनियाँलाई जनवरी २९ मा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। उनी कोरोना भाइरसको उदगमस्थल चीनको वुहानबाट परिवारसहित त्यहाँ गएका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्