काठमाडौं । पुर्व सञ्चार तथा सुचना पविध्रिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर विप्लव समुहको पर्चा भेटिएको छ ।
बुधबार बिहान ७ बजे भक्तपुरको लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधिन घरमा बम बिस्फोट भएको हो। बिस्फोट लगत्तै घटनास्थल पुगेको प्रहरीले सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको हो ।
बिस्फोटबाट घरको पर्खाल भत्किएको छ भने सिसाहरुमा क्षति पुगेको छ । त्यस्तै मारुती भ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
एकाबिहानै भयानक विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्