काठमाडौं । गत २१ गते मृगौलाको दोस्रो पटक प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली कामकाजमा आउन अझै ६ महिनासम्म लाग्ने चिकित्सकहरुको भनाई छ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली कामकाजमा आउन अझै ६ महिनासम्म लाग्ने बताएकी हुन् ।
उनले भनिन्–‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न । संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’
सम्मेलनमा बेल्दै डा.शाहले प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको जानकारी गराउँदै भनिन्–‘उहाँहरुले तयारीको समय पनि माग्नु भयो, प्रधानमन्त्री त तुरुन्तै जान चाहनुहुन्छ ।’
डा. शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन् ।
उनले भनिन्–‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु ।’
आफ्नो प्रतिकृया दिनुहोस्