काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार असिनापानी परेको छ।
अपह्रान्हपख काठमाडौं उपत्यकामा लगायत देशका अधिकांश पहाडी भेगमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा साँझसम्म नै वर्षा हुनेछ।
महाशाखाकी मौसमविद्का अनुसार मुलुकका सबैजसो भेगमा साँझसम्म वर्षा हुने संभावना रहेको छ । विभागले प्रि मनसुन पनि सुरु भएको जनाएको छ।




























आफ्नो प्रतिकृया दिनुहोस्