काठमाडौं । पर्सा वीरगन्ज महानगरपलिका-१६ बाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
बुधबार भारतबाट लागुऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा पर्साबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगन्जतर्फ पैदल आउँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्सा विरगन्ज महानगरपालिका १का ३१ वर्षीय हिरालाल महतो र नुवाकोट दुप्चेस्वर गाँउपालिका २ बस्ने ४४ वर्षीय राजु लामा भन्ने टिकाराम तामाङ रहेका छन्।
उनीहरुबाट प्रहरीले लागु औषध इन्जेक्सन डाईजेपाम ९० एम्पुल, फेनारागन ९० एम्पुल, नोर्फिन ९० एम्पुल र नाईट्राभेट ट्याब्लेट १० पत्ता फेला पारेको हो ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्