काठमाडौं । बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका बेलायती नागरिक इयान रोबर्ट कोल दोषी ठहर भएका छन् ।
बुधबार काठमाडौं जिल्ला अदालतले कोललाई दोषी ठहर गरेको हो। दोषी ठहर भएपछि उनलाइ ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला सुनाएको हो ।
न्यायाधीश प्रकाश ढुङ्गानाको इजलाशले कोललाई दोषी ठहर गर्दै ३ वर्ष जेल हुने र पीडितलाई जनही २० हजार क्षतिपूर्तिसमेत भराउने आदेश दिएका हुन् ।
न्यायाधीश ढुङ्गानाको इजलाशले कोललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ बमोजिम दोषी ठहर गर्दै सजाय तोकेको हो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २२५ मा बालयौन दुराचारबारे उल्लेख गरिएको छ । कोल २०७५ माघ ५ गते पक्राउ परेका थिए।
बेलायतका ५१ रोबर्ट कोलसहित भारतीय नागरिक अजय पोद्धार, नेपाली नागरिक कुमार रोक्का र ३ जना बालकहरुलाई नियन्त्रणमा लिएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्