काठमाडौं । लाखौं ठगी गरेको आरोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका घेराभित्र रहेका नेपाल प्रहरीका पूर्व डिआइजी तथा साहित्यकार महेशविक्रम शाह विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ ।
उनले २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा नामै नभएका कर्मचारीको तलव, राशन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको थियो।
अख्तियारले उनीसँग पटक पटक वयान लिइसकेको छ। उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको स्रोतले जनाएको छ।
शाह डिआइजी पदबाट गत माघमा अवकाश भएका हुन। शाह भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले पनि उनीमाथि अनुसन्धान गरेको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्