काठमाडौं । नेपाल प्रहरी नायव महानिरीक्षक (डिआईजी) को दरवन्दी घटाउने गृहमन्त्रालयले तयारी गरेको छ । हाल प्रहरीमा डिआइजीको दरवन्दी ३४ रहेको छ ।
स्रोतका अनुसार दरवन्दी घटाउने उदेश्यले मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० समेत तयार पारेको छ । नेपाल प्रहरीका आइजीपी ठाकुर ज्ञवाली भने प्रहरीमा डिआइजीको दरवन्दी घटाउने पक्षमा छैनन् ।
गृह मन्त्रालयले प्रहरीमा समायोजन प्रक्रिया अगाडि बढाएसँगै दरबन्दीको विवरणमा समेत समस्या देखिएको छ । प्रदेश र संघका लागि आवश्यक प्रहरी दरबन्दीको विवरण तयार भइरहेका बेला डिआईजीको संख्या घटाउन लागिएपछि आईजीपी ज्ञवाली रुष्ट बनेको स्रोत बताउँछ । सोमबार उनी बैठककै क्रममा उठेर हिंडेका थिए ।
गृह सचिव न्यौपानेले भने डिआईजीको संख्या घटाउने विषय छलफलकै क्रममा रहेको र निर्णय भइनसकेको अनलाईन नेपालसँग बताए ।
प्रहरी प्रवक्ता डिआईजी शैलेश थापाले दरबन्दी घटाउने विषयमा आफू अनविज्ञ रहेको बताए । समायोजनका क्रममा प्रहरी प्रधान कार्यालयमा रहेको दरबन्दी धेरै कटौती हुने भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्