काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपाले अमेरिकी डलर सटही गर्ने वहानामा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक बाह्रविसे ३ का रामबहादुर तामाङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
गत कात्तिक २७ गते तामाङ्गले बनेपाकी विमला गुरुङ्गलाई डलर साट्ने बहानामा २ लाख ५० हजार ठगी गरेका थिए।
आफूसँग ५ हजार ५ सय डलर छ भन्दै उनले गुरुङ्गसँग ५ लाख मागेका थिए ।
तर गुरुङ्गले आफूसँग २ लाख ५० हजार छ भनेपछि तामाङ्गले त्यत्ति नै पैसा लगेका थिए। गुरुङ्गले डलर हेर्दा पछि १ र २० को मात्र कही डलर भएको र बिच्चमा डलर साइजको कागज फेला पारेकी थिइन ।
गुरुङ्गको जाहेरीमा उनलाई बनेपा तीनदोबाटोबाट पक्राउ गरिएको हो। साथै तामाङले तिलकबहादुर तामाङ्ग र शर्मिला दमाइको मिलेमतोमा गोदावरीका नवराज नगरकोटीसँग पनि ५ लाख ठगी गरेको खुल्न आएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्