विराटनगर । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव ९खरिदार० सुशिल ठाकुर रहेका छन् ।
वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।
सचिव ठाकुरलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको आयोगले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्