काठमाडौं । तारकेश्वर नगरपालिका १९ मनमैजुबाट वैदेशिक रोजगारीका लागि फ्रान्स पठाईदिन्छु भन्दै ठगि गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही दुधराक्ष ५ घर भई हाल तारकेश्वर १९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीय पुर्णिमा श्रीषलाई बुधबार महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
फ्रान्समा ९ प्याकिङ फुड ० कामको लागि आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई विभिन्न मितिहरुमा ३ जना व्यक्तिहरु समेतको अठ्तिस लाख पचास हजार लिई सम्पर्क विहीन भई रकम ठगी गरेको भनि शिर बहादुर थापा समेतले २०७६र१०र२८ गते जाहेरी दिएका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रीषलाई खोज तलास गर्ने क्रममा मनमैजुमा फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी महानगरीय प्रहरी परिसर,काठमाण्डौमा पठाईएको महाशाखाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्