सप्तरी । सुरुङ्गा नगरपालिका–१ नैनडाँवरडाँडा र बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टीबाट अवैध लागुऔषध सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–६ का २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतो तथा शम्भुनाथ नगरपालिका–३ का २२ वर्षीय ललित चौधरी र २० वर्षीय देवनारायण राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरूको साथबाट ३० थान नाइट्रोजन ट्याब्लेट, १९ थान प्रोमेथाजाइन हाइड्रोक्लोराइड इन्जेक्शन, १८ थान डाइजेपाम इन्जेक्शन, १० थान नुरफिन इन्जेक्शन, नौ थान सिरिन्ज, चार थान नाइट्राभेट ट्याब्लेट, सात(सात थान फेनारगन, नोफिन र डाइजेलेब तथा २० ग्राम गाँजा फेला परेको छ।
शङ्का लागि जाँच गर्दा लागुऔषध बरामद भएकाले उनीहरूलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय कडरवोनामा थुनामा राखी थप अनुसान्धान भइरहेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्