काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय डा बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हेर्ने भएका छन् ।
बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्दा डा भट्टराई र नेपालको समेतको संलग्नता भएको दाबी गर्दै बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
न्यौपानेद्वारा दायर रिटमाथिको सुनुवाइ राणाको एकल इजलासले गर्ने सर्वोच्च प्रशासनले जनाएको छ। ‘नीतिगत निर्णय’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराई र नेपालविरुद्ध मुद्दा अगाडि नबढाएपछि प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलले यसको विरोध गर्दै आएका छन् ।
पूर्वमन्त्री, कांग्रेस उपसभापति र संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा लगाएपछि कांग्रेसले संसदसमेत अवरोध गरेको थियो ।
कांग्रेसले सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई पनि कारबाहीको माग गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्