रुकुम (पूर्व) । आफ्नै ६० वर्षीया श्रीमती दिलमायाँ पुनलाई कुटपिट गरी हत्या गरेको अभियोगमाभूमे गाउँपालिका(३ सिमा बस्ने ८० वर्षीय नर बहादुर पुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी पुनले आफनै श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कांक्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाँको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्