काठमाडौं । गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्बित प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई यौन उत्पीडनको मुद्धा लगाउने तथा अभियोग लगाउने महिलाको विभिन्न दलका नेतासँग ‘उठबस’ रहेको खुलासा भएको छ ।
झापा निवासी एक महिलाले आफुलाई राणाले गत साउन २५ गते इटहरीस्थित पाथिभरा होटलमा जवरजस्ती करणी गरेको आरोप लगाएकी थिइन ।
व्यावसायीक भन्ने र विभिन्न तहका व्यक्तिसँग अन्तरंग सम्बन्ध कायम राख्ने ति महिलाले कार्यकारी पदमा रहेका विभिन्न नेताहरुसँगको सम्बन्धको बलमा नै एसएसपी राणालाई यौन उत्पीडनको मुद्दा लगाएको फेला परेको हो ।
गृह मन्त्रालयका अधिकारी, नेकपाका विभिन्न नेतासँग पनि उनको सम्बन्ध रहेको र सोही आधारमा एसएसपी राणालाई दबाबमा राख्न उनले मुद्दा दायर गरेको स्रोतको दाबि छ ।
मुद्दा लाग्नासाथ एसएसपी राणा जिल्ला प्रहरी कार्यालय सुनसरीमा अनुसन्धानका लागि उपस्थित भएका थिए । उनलाई पछिल्लो पटक अदालतले ८ दिन अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
राणाले अनुसन्धानका लागि सहयोग गरिरहेका छन् । तथ्यगत आधारमा नै प्रहरीले सरकारी वकिलको कार्यालयमा राय बुझाउनेछ प्रहरी स्रोतले भन्यो ।
मुद्दा फिर्ता गराउन हारगुहार
यसका साथै यस प्रकरणको अनुसन्धानमा अर्को युटर्न पनि आएको छ । गएको २५ साउनमा इटहरीस्थित पाथिभरा होटलमा जवरजस्ती करणी गरेको आरोप लगाएकी महिलाले मुद्दा फिर्ताका लागि सरकारी वकिलको कार्यालयमा धाउन थालेकी उच्च स्रोतले जनाएको छ।
महिलाले अहिले प्रहरी र सरकारी वकिलको कार्यालयले आफ्नो सहमति विपरीत मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता गराउन भन्न थालेकी छन् ।
यौन उत्पीडनको अभियोग लगाउने पीडित भनिएकी ति महिलाले आफूसँग एसएसपी राणाको लेनदेन सम्बन्धी मात्र विवाद रहेको बताउन थालेकी छन् ।
करणी भएको मितिमा राणा काठमाडौंमा थिए
महिलाले दाबी गरे अनुसार इटहरीको होटलमा भएको घटनामा कुनै सत्यता नरहेको बताइएको छ । घटना भएको मिति २०७६ साउन २५ गतेमा राणा काठमाडौं र महिला पनि झापामै रहेको अनुसन्धानले देखाएको छ । दुवैजनाको सिडिआर ९कल डिटेल रेकर्डर० अनुसार दुबैजनाको कल लोकेशन काठमाडौं र झापा देखाएको बताइएको छ ।
राणा जिल्ला प्रहरी कार्यालय सुनसरीको एसपीको कार्यकाल सकेपछि महिलासँग उनको कुनै सम्पर्क थिएन । राणाले उनको फेसबुक र मोबाइल नम्बर ब्लकमा राखेका थिए । महिलालले राणालाई धेरै पटक भेट्न खोजेको समेत बताइएको छ । तर राणा महिलादेखि टाँडा भएकै कारण पनि यो आरोप झेल्नु परेको प्रहरी स्रोतको दाबी छ ।
ती महिलाले प्रहरीमा मुद्दा फिर्ताका लागि लिखित निवेदन दिन खोजेकी थिइन् । तर, प्रहरीले निवेदन नलिएपछि उनले हुलाकमार्फत चिट्ठी पठाएकी छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्