चितवन। भरतपुर महानगरपालिका–५, नारायणपुरमा रहेको रोयल वुड पार्केट इन्डष्ट्रीजमा आगलागि भएको छ ।
शनिबार बिहान ४ः३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनालगायतको दमकलले प्रयास गरेपनि आगो नियन्त्रण बाहिर नै छ । ७ वटा दमकलको सहायतामा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
साथै आगो नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासील जुटेका छन् । आगलागीबाट मानवीय क्षति तथा चौपाय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त फर्निचर उद्योग व्यवसायी जीवनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्